अभिनाश तामाङको दोहोरो ह्याट्रिकसँगै घरेलु टोली सविन मेमोरियलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा महत्वपूर्ण जीत दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको प्रतिस्पर्धामा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जीत निकालेको हो । जीतसँगै आठ खेलबाट १३ अङ्क जोडेको सविनको ‘प्ले अफ’मा पुग्ने सम्भावनासमेत कायमै राखेको छ ।…