प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले ‘प्रदेश खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रूपमा विगत दुई वर्षदेखि ‘प्रदेश खेलकुद’को आयोजनाको तयारी गरिएको थियो । प्रतियोगिता आगामी पुषदेखि माघ महिनासम्म सञ्चालन हुनेछ । गत असोज १५ गते प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेको निर्णय हालै सार्वजनिक गरिएको…