एक्स बक्सर ग्रुपद्वारा बक्सिङ खेलाडी सम्मानित

एक्स बक्सर ग्रुप मकाउले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई नगदसहित सम्मान गरेको छ । नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप महासचिव पिताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान…