आईएसएफ यु-१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली सर्बियाको बेल्ग्रेड प्रस्थान गरेको छ । सेप्टेम्बर ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पौडी खेलाडीमा अजलकाजी ताम्राकार, अल्भिन महर्जन, अनुसिया तण्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन नाम्दोलरियन गुरुङ, टिशा चित्रकार,…