नेपाल राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडी सङ्घले १३औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेतासहित २६ जना खेलाडीलाई १५औँ संस्करणको ‘एनएनआईपीए अवार्ड’बाट शनिबार सम्मान गरेको छ । मध्यपुरथिमि नगरपालिका–४ निगु पुखु (भक्तपुर) मा मध्यपुरथिमि नगरपालिका स्थानीय आयोजक रहेको अवार्ड वितरण कार्यक्रमबीच अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय खेल सङ्घले गरेको सिफारिसका आधारमा वर्षका उत्कृष्ट महिला र पुरुष…