प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ देखि सुरु हुने भएको छ । नेपाली सेनाले खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको स्मरण गराउँदै नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताले खेलाडीको क्षमता वृद्धि गर्दैै आपसी भाइचारा बढाउने बताए ।…