आमा मृत भेटिइन्, छोराछोरी अझै बेपत्ता

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करिब एक सातादेखि बेपत्ता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुंगादोर्जी शेर्पा ६ फागुनदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टेलमा बसेर पढ्दै आएका उनीहरूलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोही दिन बिहान ७ः३० बजे जिम्मा लिएर…