प्रधानमन्त्री ओली–स्विट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र संघको मुख्यालयमा स्विट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरे । संयुक्त राष्ट्र संघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन आएका उनीहरूबीच सो अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्यान्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।…