क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र : काङ्ग्रेस

नेपाली काङ्ग्रेस कास्की शाखाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्ला सभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटी ज्ञापनपत्र बुझाएको थियो । विमानस्थलको निर्माणकार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको…