कञ्चनपुर मुलुकको ४४ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अभियानमा सहयोग गर्ने विभिन्न संघ-संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । कञ्चनपुरमा ८२ हजारभन्दा बढी शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय…