नेपालमै बद्रीनाथ दर्शन गराउने तयारी

वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । यस तीर्थयात्राको क्रममा करोडौँको रकम भारत जाने गरेको छ । तर, अब भने बद्रीनाथको दर्शन नेपालमै गराइने तयारी आरम्भ भएको छ । काठमाडौंको नार्गाजुन नगरपालिका–६ स्थित रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले बद्रीनाथको मन्दिर बनाउन लागेको छ। त्यसका लागि सरकारले प्रतिष्ठानलाई २३ रोपनी जग्गासमेत…