अर्घाखाँचीमा भेटियो चारसय वर्ष पुरानो शिलालेख

अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ । शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको राससले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत् आयोजनास्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको…