शिलान्यास गरेको वर्षदिनपछि पार्क निर्माणबारे छलफल सुरु

भूकम्पबाट ज्यान गुमाएकाहरूको स्मृतिमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा बनाउन लागिएको पार्कको शिलान्यास गरिएको वर्षदिनपछि बल्ल छलफल सुरु भएको छ । सांसद अग्नीप्रसाद सापकोटाले एक वर्षअघि शिलान्यास गरेको भूकम्प स्मृति पार्क कस्तो बनाउने भन्नेबारे राजधानीमा हालै छलफल सुरु भएको हो । २०७२ सालको महाविनाशकारी भूकम्पबाट ज्यान गुुमाएकाहरूको स्मृतिमा पार्क निर्माण गर्न शिलान्यास गरिएको थियो ।…