ओली शासनलाई केही सवाल

– अधिवक्ता जीबी आचार्य लगाम खिँचेर घोडालाई टक्क रोक्न सकिएझैँ वा फ्याप्प ब्रेक थिचेर वेगवान् सवारीसाधनलाई आफ्नो अधीनस्थ पार्न सकिएझैँ समयको वेगलाई स्थिर बनाउन सकिने भए पक्कै पनि संसारभरका शासक र तानाशाहहरूले समयलाई अगाडि बढ्न दिने थिएनन् । आफू सत्तासीन भएपछि समयको प्रवाहलाई त्यहीँ रोक्ने थिए र आफूलाई सर्वशक्तिमान बनाएर सदासदा सत्ताको मादकतामा रमाइरहने थिए…