शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाउनुभयो । एकल र युगल गायनमा प्रस्तुत हुनुभएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिनुभयो ।…