साहित्य महोत्सवमा सरिक हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे उनी नेपाल अवतरण गरेकी हुन् । अभिनेतृ दिव्या महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिएका छन् । साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता…