जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्मका लागि थप

जापानमा कोरोना भाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको त्यहाँको सरकारले सोमबार (४ मई) घोषणा गरेको छ । जापानमा गत महिना (७ अप्रिल) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनै लाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो । जापानी…