भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो

गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका जनाइएको छ । सोमबार (२० अप्रिल) बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…