बेलायती प्रधानमन्त्री टेरेसा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टी कन्जरभेटिभभित्र विवाद भएपछि प्रधानमन्त्री मे पदबाट राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् । ईयूबाट बाहिरिने प्रक्रिया र उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीव्र दबाब रहँदै आएको थियो…