द्वन्द्वका कारण एक वर्षमा तीन लाख अफगानी विस्थापित

अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्ष मात्र आन्तरिक रूपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय (ओचा) ले मंगलबार सो कुराको जानकारी दिएको हो । अफगानिस्तानमा देशैभरि हिंसात्मक द्वन्द्व जारी रहेको र कमजोर सुरक्षा व्यवस्था रहेको समाचार आइरहेका बेला ओचाको प्रतिवेदनले त्यसैलाई पुष्टि गरेको छ । यद्यपि…