पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्दनिवासमा सामूहिक अभिनन्दन गरेका छन् । साहित्यिक पत्रकार संघ मूल आयोजक एवम् सहआयोजक तारा किशन फाउण्डेसन र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ, किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए ।…