भगवानकै पालमुनि ओत !

– पूर्णप्रसाद मिश्र छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर देख्दा लाग्छ यो ढल्ने क्षण कुरेर बसेको छ । भूकम्पको एक महिना नबित्दै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि स्वीकृति दिइएको ३४ महिना बित्दा समेत बन्ने छाँट देखिएको छैन ।…