विद्यार्थीको सृजनात्मकता उजागार गर्न विविध साँस्कृतिक कार्यक्रम

काठमाडौँ, नयाँ बानेश्वरमा रहेको मोरल एकेडेमीले दशै तिहार, नेपाल सम्वत र छठ पर्वको पूर्व–सन्ध्यामा विद्यार्थीको सृजनात्मकतालाई उजागार गर्न विविध साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी, शिक्षाविद एवम कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले निजी शिक्षा र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा सम्पूर्ण समाजका अगुवा तथा…