बुधबार नेपालमा थप २,०५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १०,६१२ पीसीआर परीक्षण गर्दा १,६४८ जनामा र ४,३२३ एन्टिजेन परीक्षण गर्दा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जनामा…