सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका छन् । एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष ओलीले आइतबार ६ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् । नेकपा…