नलकटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ । धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने…