यस वर्ष देशमा धान उत्पादनमा झन्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । यद्यपि अझै मागअनुसार धान उत्पादन हुन सकेको छैन ।…