जडीबुटी निकासीमा भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् । यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर जिएसटीसमेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् । ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको…