गत आर्थिक वर्ष ०७३–७४ को मुनाफाबाट माछापुच्छ्रे बैंक लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांशको रूपमा वितरण गरिने बैंकले जनाएको छ । लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको साधारणसभाले स्वीकृत गरेपछि मात्रै वितरण हुनेछ…