आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडले बाग्लुङमा शाखा विस्तार गरेको छ । कात्तिक ७ गते बुधबारदेखि शाखा नयाँ शाखा संचालनमा आएको कम्पनीले जनाएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले आइएमई लाइफको शाखा उद्घाटन गर्दै भर्खरै स्थापित कम्पनीले जीवनबीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीहरूको मनोवृत्तिमा…