देउवाको ‘राजनीतिक तुरुप’ कति सान्दर्भिक ?

चुनावी बोलकबोलमा महारथ हासिल समूह–शक्ति मानिएको वाम गठबन्धनलाई पनि चक्करमा पार्ने गरी शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले ‘राजनीतिक तुरूप’ प्रयोग गरेको सन्दर्भ यतिबेला सचेत तप्काबीच सर्वाधिक चर्चामा छ । मन्त्रिपरिषद् निर्णयका रूपमा सार्वजनिक गरिएका विभिन्न निर्णयलाई सत्ताबाट बाहिरिन लागेका प्रधानमन्त्री देउवाले राजनीतिक तुरूपकै रूपमा प्रयोग गर्न खोजेको आशङ्का व्याप्त हुनुको ठोस कारण पनि छ ।…