राजधानीमा पूर्व श्री ५ बडामहारानी कोमलको जन्मोत्सव मनाउन भव्य तयारी भइरहँदा पूर्वराजदम्पती भने अचानक गुप्तबासमा जानुभएको छ । यही फागुन ५ गते उहाँहरू निर्मलनिवास छोडेर शिवपुरीतर्फ लाग्नुभएको छ । शिवपुरी डाँडापारि खोचमा पूर्वराजाको कुटी रहेको बताइन्छ, जहाँ बेलाबेलामा उहाँ ध्यान गर्न जाने गर्नुहुन्छ । यसपटक पनि उहाँ पूर्वबडामहारानी र आफ्ना सीमित सहयोगीका साथ कुटीबासमा हुनुहुन्छ…