हामी नेपाली नियम–कानुनको पालनाभन्दा उल्लङ्घनमा विश्वास गर्छौं । लाइनमा बसेर तेल भर्नु, बिल चुक्ता गर्नु या सुरक्षा जाँचमा बस्नुलाई हामी अपमानित भएको ठान्छौँ । कहीँ पनि अर्काको पालो मिच्न पाउँदा हामी गौरवान्वित महसुस गर्छौं । ट्राफिक नियमको पालना गर्नुभन्दा तोड्नुलाई हामी महानता ठान्छौँ । ग्यासको लाइनमा बसेका छोराले आफूभन्दा अगाडिका दुईजनाको मात्रै पालो मिचेर सिलिण्डर…