चिकित्साशास्त्रका डिनको राजीनामा र नयाँ नियुक्तिको विषयबाट पैदा भएको बखेडाले यतिबेला भयावह रूप धारण गरेको छ । बिरामी खोज्दै उपचार–धर्म निर्वाह गर्ने विरलकोटीका एक ‘साधु डाक्टर’ चिकित्सा क्षेत्रको विकृति बढार्ने सद्उद्देश्यले आमरण अनशनमा बसेको दुई साता बित्न लागेको छ । उनको यो हठशैलीको आन्दोलन जायज ठह-याउँदै देशभरका चिकित्सक अस्पतालमा ताला मारेर सडकमा उत्रिएका छन् ।…