ओझेलमा परेको कुरा -बबिता बस्नेत

सुनसरी इटहरीकी जमुना भण्डारी प्राय: हाटबजार, मेला र आमसभाहरूतिर भेटिएकै हुन्छिन् । ती ठाउँहरूमा उनका आँखाहरूले कसैलाई खोजिरहेका हुन्छन्, भीडभाडमा प्राय: सबै मानिसको अनुहार हेरेर थकित बन्दै उनी घर फर्किन्छिन् । आठ वर्षदेखि उनको दिनचर्या करिब उस्तै-उस्तै छ, दिनभरि मजदुरी गर्नु, साँझ परेपछि विगतको सम्झना गर्दै टोलाउनु, भीडभाड देखे हेर्न दौडिहाल्नु । यसरी आमसभा या…