संसद्को गतिरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच शुक्रबार भएको छलफल सकारात्मक रहेको बताइएको छ । छलफल सकारात्मक भएपनि आवश्यक सहमति भने अझै जुट्न सकेको छैन । प्रमुख दलका शीर्ष तहका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा सङ्घीय संसद्को गतिरोध अन्त्य…