नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने जिकिर गरेका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा बिहीबारदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले संघीयता, समावेशिता र पछिल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने तर्क गरे । पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई…