विभिन्न भ्रष्टाचार काण्डको दमदार ढङ्गले पर्दाफास गर्दै आएका सांसद डा. अम्रेश कुमार सिंहको सूरक्षामा खटाइएका सूरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ। उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री अस्पताल भर्ना हुनुभएको बेला पारेर गृहमन्त्रालयको निर्णय भन्दै सांसद सिंहको पीएसओ फिर्ता लगिएको हो । सिंहले एनसेल घोटाला प्रकरणमा गत साता मुद्दा दायर गर्नुभएको र उक्त मुद्दामाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै…