प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ६ महिना नपुग्दै सरकार बदल्ने खेल अति गम्भीर तवरमा सुरु भएको छ । माओवादी र काङ्ग्रेसलाई किनारा लगाएर बाँकी राजनीतिक समूहबीच मोर्चाबन्दी गर्ने यो खेलमा मुख्य भूमिका केपी शर्मा ओलीको रहेको छ । ओलीले त्यसनिम्ति जसपा नेता उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको र, यादव प्रधानमन्त्री बन्ने सपना-कल्पनामा चुर्लुम्म डुब्नुभएको…