एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन

सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा आज आह्वान गरिएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो । कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर…