सभापति शेरबहादुर देउवा रक्षात्मक बन्दै गएपछि महामन्त्री गगन थापा असमयमै नेतृत्व हत्याउन ज्यादा आक्रामक ढङ्गले प्रस्तुत हुन थालेका छन् । काङ्ग्रेसको विधानअनुसार देउवा अर्कोपटक सभापति बन्न सक्दैनन्, दुई कार्यकाल पूरा भएपछि तेस्रोपटक सभापति पदमा दाबी गर्ने सुविधा काङ्ग्रेस विधानले दिएको छैन । २०८४ सालमा संसदीय निर्वाचन हुनुभन्दा करिब एक वर्षअघि नै काङ्ग्रेसले नयाँ सभापति पाउने…