एमालेको आन्तरिक एकताबारे रावल र पोखरेलबीच छलफल

नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आइतबार सो पार्टीका उपाध्यक्ष डा. भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १०बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका हुन् ।…