राजा अनुपस्थित भएपछि दुर्गा प्रसाईंंद्वारा ‘राजतन्त्र जिन्दावाद’ नारा नलगाउन आग्रह

मेडिकल व्यवसायी दुर्गा प्रसाईंंले घोषणा गरेको आन्दोलन काठमाडौंमा सम्पन्न भएको छ । तर, राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका प्रसाईंले राजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि 'राजतन्त्र जिन्दावाद'को नारा नलगाउन आग्रह गरे । उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनबाट प्रसाईंले सो नारा लगाउन रोक लगाएका हुन्…