नेता र देश एकसाथ जोगिएलान् कसरी ?

■ देवप्रकाश त्रिपाठी सत्तामा वीरशमशेरको आगमनलगत्तै ब्रिटिष भारतीय सरकार र नेपालबीचको सम्बन्धमा तनाव पैदा भयो । त्यसबेला नेपालका लागि भारतका तत्कालिक आवासीय राजदूत गर्ल्डस्टोनको रणोदीप सिंहसँग निकै राम्रो मित्रता थियो । रणोदीपको हत्या गरेर सत्तामा आएका वीरशमशेरलाई उनी मन पराउँदैनथे, त्यसैले गर्ल्डस्टोन वीरशमशेरको सरकारलाई मान्यता दिनुभन्दा नेपाललाई भारतमा मिलाउनु उचित ठान्थे । त्यसनिम्ति उनले आफ्नो…