नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका तयार पारी प्रकाशनमा ल्याएको छ । हाल अनलाइन संस्करणमा सार्वजनिक भएको सो पुस्तिका छिट्टै छापामाध्यममार्फत पनि प्रकाशन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । पुस्तिकामा कांग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति, र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त…