गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्य्राउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारबाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताए । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधीनताको रक्षाको पक्षमा रहेकाले शान्तिसुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गर्ने बताए । गृहमन्त्री…