आफैँ फस्ने जाल बुनिँदै

भारी बहुमत प्राप्त सरकारलाई दुईतिहाइ बहुमतको सरकारमा रूपान्तरित गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली अवाञ्छित झमेलामा फस्नुहुने खतराका सङ्केतहरू देखिन थालेका छन् । प्रचण्डको चरित्र विश्वासयोग्य नरहेको हुँदा ओलीले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमलाई सरकारमा समावेश गर्न चाहेको बुझिन्थ्यो र, यतिसम्मलाई अस्वाभाविक मानिएको पनि थिएन । सरकारमा मधेसकेन्द्रित समूहको समेत प्रतिनिधित्व हुँदा त्यसले सरकारको…