यसरी लुटिए कमल थापा

‘लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ सय बल्ड्याङ’ भन्ने उखान राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापामाथि हुबहु लागू भएको छ । आज कुनै सुइँकोविना पशुपति शमशेर राणाले आफ्ना समर्थकहरूको साथ लिएर ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ता गरेका छन् । समानुपातिक मतबाट एकैचोटि अजिङ्गर फुलेजस्तो आकार लिएका कमल थापालाई यस घटनाले ठूलो झट्का दिएको छ ।…