तीन दिनअघि आवश्यक परे नयाँ फड्को मार्ने अभिव्यक्ति दिएर तरंग पैदा गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको अभिव्यक्ति दिएका छन् । माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा आज पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।…