एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुऱ्याउन हिजो साँझ बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरे अनुसार आज विहान दश बजेभित्रै वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा…