सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधार (९) बमोजिम सोमबार (२५ जेठ) मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् । पुनःगठित मन्त्रिरिषद्मा विक्रमसिंह धाँमी आर्थिक मामिलामन्त्री, मानबहादुर…